पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु (अपडेट)*

उनका अनुसार दुर्घटनामा परेका धेरै जसो गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए ।

पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु (अपडेट)*
काठमाडौं । बुटवलबाट बागलुङ जाँदै गरेको बस पाल्पमा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोरधारानजिकै दुर्घटना भएको हो । दुर्घटनामा हालसम्म एक जना महिलाको मृत्यु भएको तिनाउँ गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष इन्द्रकुमारी चिदीले न्यूज खरीलाई जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा परेका धेरै जसो गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए । मृतकको संख्या एक हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।-सम्पादक