काठमाडौं । बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पमा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोरधारानजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेका २३ जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको पाल्पाका एसपी हेरम्भ शर्माले न्यूज खरीलाई जानकारी दिए ।
'सडकबाट २ सय मिटर तल बस खसेको छ, हामीले घाइतेहरुलाई उद्वार गरी अस्पताल पठाएका छौं, ड्राइभरसहित २३ जना घाइते हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा भन्न सकिने अवस्था छैन ।'
बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र दुर्घटनाको थप अनुसन्धान भइरहेको एसपी शर्माले जानकारी दिए ।
बस दुर्घटना अपडेट : २३ जनालाई अस्पताल लगियो
'सडकबाट २ सय मिटर तल बस खसेको छ, हामीले घाइतेहरुलाई उद्वार गरी अस्पताल पठाएका छौं, ड्राइभरसहित २३ जना घाइते हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा भन्न सकिने अवस्था छैन ।'