काठमाडौं । बुटवलबाट बागलुङ जाँदै गरेको बस पाल्पमा दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको लु १ ख ५९५६ नम्बरको बस जोरधारानजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना महिलाको मृत्यु भएको तिनाउँ गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष इन्द्रकुमारी चिदीले न्यूज खरीलाई जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनामा परेका धेरै जसो गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए ।
बुटबलबाट बुर्तिबाङ जाँदै गरेको बस दुर्घटना
आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । दुर्घटनाको विवरण आउन बाँकी छ ।

