यी ठाउँमा वर्षाको सम्भावना

आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले अपराह्नपछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यी ठाउँमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले अपराह्नपछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।