काठमाडौं । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतदान शुरु भएको छ । तनहुँ- १, बारा -२ र चितवन- २ मा उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।
आयोगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।
चितवन-२ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यस्तै, बारा -२ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यसैगरी, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान शुरु
चितवन-२ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।