कोशी प्रदेश खारेजीको माग गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते

विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्।

कोशी प्रदेश खारेजीको माग गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते
मोरङ । विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्। घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका रहेका छन्। आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका सुरक्षाकर्मीको आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीतर्फ १ जनाको आर्या न्यूरो र ३ जनाको पारस अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट ८२ सेल अश्रुग्यास प्रहार भएको छ। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार नेपाल प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको हो। सशस्त्र प्रहरीले १ सेल प्रहार गरेको छ। आन्दोलनकारीसंग झडप हुन थालेपछि अश्रुग्यास प्रहार हुन थालेपछि आन्दोलनकारी पछि हटेर भीड तितरवितर भएको थियो।