विराटनगर । विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् ।
शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले अश्रुग्याससहित रबरको गोली चलाएको हो ।
घाइते हुनेहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष देवान राई, बिराटनगर महानगरपालिका सदस्य चन्द्र कुमार राई, सुनसरी इटहरी-२ का डेनिस राई, शिबसतासी-८, सन्त कुमार शेर्मा, राजकुमार शेर्मा लगायत छन ।
अहिले उनीहरुको पारस अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको गोली लागेर विराटनगरमा ६ जना घाइते
विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् ।

