नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन्।
विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्याएका छन्। केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्।
बिजेपीका राज्यप्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएका छन्। उनी सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरममा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राज्यप्रमुख सुरेन्द्रनले जानकारी दिएका छन्।
नरेन्द्र मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

