तनहुँ । चुनावका दिन भोलि बिहान मुग्लिनदेखि तनहुँको मादी नदीसम्मको सडकखण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ। तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका कारण बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
सुरक्षा संवेदनशीलताका कारण सडक बन्द गर्नुपरेको रिजालले बताए। दमकल, एम्बुलेन्सलगायत अत्यावश्यकबाहेकका सबै सवारीसाधन ठप्प गरिने भएको छ।
भोलि बिहान ५ बजेदेखि मुग्लिन–मादी सडक बन्द हुने
चुनावका दिन भोलि बिहान मुग्लिनदेखि तनहुँको मादी नदीसम्मको सडकखण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ।

