चारवटा टिपर एकै ठाउँमा जुधेपछि ...

काठमाडौंको साँखु–लप्सीफेदी सडकखण्डमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका छन् ।

चारवटा टिपर एकै ठाउँमा जुधेपछि ...
काठमाडौं । काठमाडौंको साँखु–लप्सीफेदी सडकखण्डमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका छन् । शनिबार बिहान यो सडक खण्डको साखु–लप्सीफेदी जंगलमा ४ वटा टिपर एकैपटक दुर्घटनामा परेका हुन् । सिन्धुपाल्चोकको इन्द्रावतीबाट बालुवा बोकेर आएका ४ वटा टिपर आपसमा ठोक्किएर दुर्घटनामा परेको स्थानीयबासी रण मल्लले जानकारी दिए ।तीव्र गतिमा रहेका कारण टिपर दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परी एक टिपर चालक घाइते भएका छन् ।