शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको ब ताउनुभएको छ । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताउनुभयो ।
“कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्,” केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो ।”
उहाँले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताउनुभयो । “अब बन्ने गठबन्धनको सरकारले संविधानको मुल मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक स्थायीत्वको लागि गठबन्धनको सरकार बन्छ ।”
उहाँले बाचुन्जेल बागलृङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गर्नुभयो । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताउनुभयो । उहाँले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि भौतिक संरचना बन्ने बताउनुभयो ।
बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले हरेक कुरामा परिर्वतन गरी जनताको जीवनस्तर उठाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभयो ।
ग्रामिण क्षेत्रका समस्या समाधान नभएसम्म देशको प्रगति नहुने बताउँदै निर्वाचित भएपछि काम गर्दछ कि गर्दैन भन्ने कुरा ठूलो भएको बताउनुभयो ।
कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको ब ताउनुभएको छ । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस र माओवादी देशलाई अप्ठ्य…

