म एमालेमा फर्किन लागेको हल्ला सत्य होइन: झलनाथ खनाल

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू नेकपा एमालेमा फर्किने हल्ला गलत भएको बताएका छन्।

म एमालेमा फर्किन लागेको हल्ला सत्य होइन: झलनाथ खनाल
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू नेकपा एमालेमा फर्किने हल्ला गलत भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू एमालेमै फर्किन लागेको कुरा सत्य नभएको बताएका हुन्। उनले भने, ‘आफूले बनाएको नयाँ पार्टी (एकीकृत समाजवादी) छाडेर फेरि बिनाकारण एमालेमा फर्किनुको कुनै तुक छैन।’ यस्तै नेता खनालले नेकपा एकीकृत समाजवादी अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा नरहेको पनि बताए। बरु आफूहरू पार्टीको अधिवेशन र महाधिवेशनको तयारीमा रहेको जानकारी उनले दिए।