सन्दीपद्वारा विश्व कीर्तिमान, सबैभन्दा कम खेलमा लिए १०० एकदिवसीय विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गरेका छन् ।

सन्दीपद्वारा विश्व कीर्तिमान, सबैभन्दा कम खेलमा लिए १०० एकदिवसीय विकेट
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गरेका छन् । सन्दीपले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेटको आँकडा पूरा गर्ने कीर्तिमान बनाएका हुन् । सन् २०१८ को अगस्टमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका २२ वर्षीय सन्दीपले ४२ खेलमा नै १०० विकेट पूरा गरेका हुन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले उक्त उपलब्धी हासिल गरेका हुन् । यसअघि एकदिवसीयमा सबैभन्दा कम खेलमा १०० विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा रहेको थियो । उनले ४४ खेलमा उक्त कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । सन्दीपले ५ वर्षपछि राशिदको रेकर्ड तोडेका हुन् । यस्तै सन्दीप एकदिवसीय क्रिकेटमा १०० विकेट पूरा गर्न पहिलो नेपाली बलर बनेका छन् । आईसीसी विश्कप क्रिकेट लिग–२ को अन्तिम खेल खेलिरहेको नेपालले यूएईविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको छ । आगामी जुन–जुलाईमा जिम्बाब्बेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने दबाब रहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले कुशल मल्लको आक्रामक शतक र सोमपाल कामीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य पच्छ्याउँदै ओमानले ब्याटिङ गरिरहेको छ । एशिया कप छनोटका रुपमा रहेको एसीसी प्रिमियर कपमा १० राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । ओमान र नेपालबीचको आजको विजेता समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्ने सम्भावना रहेकाले दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहेको छ ।