पोखरामा 'यती एयरलाइन्स वुमेन विथ द विङ्सु' हुँदै

मिस नेपाल २०८० को यती एयरलाइन्स वुमेन विथ द विङ्सु ट्यालेन्ट सो राउन्ड आज (शुक्रबार) पोखरामा हुँदैछ।

पोखरामा 'यती एयरलाइन्स वुमेन विथ द विङ्सु' हुँदै
पोखरा । मिस नेपाल २०८० को यती एयरलाइन्स वुमेन विथ द विङ्सु ट्यालेन्ट सो राउन्ड आज (शुक्रबार) पोखरामा हुँदैछ। सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरू आज पोखरा पुगेका छन्। ट्यालेन्ट सोको विजेताले वुमेन विथ द विङ्सु उपाधि पाउनेछिन्, जसलाई यती एयरलाइन्सले प्रायोजन गरेको छ। निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सिइओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ।