बागलुङ । बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द गरेको छ । तर सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले सहकारीमा ५० प्रतिशत रकम तरलता राख्दा समेत धान्न गाह्रो भएको बताएका छन् ।
“एकै पटक शेयर सदस्य रकम फिर्ता गर्न आएका कारण समस्या भएको हो, यसरी एकैचोटी बचत फिर्ता लिन आउदा कुनै वित्तीय संस्थाले दिन सक्दैन, सदस्यको रकम सहकारीमा राख्ने कुरा हैन, सदस्यहरुमा ऋण लगानी गर्ने हो, अहिले लगानी उठ्ने वातावरण छैन, तर सदस्यहरुले फिर्ता माग्न आएपछि नदिने भन्ने हुदैन” नेपालीले भने “मैले जन्माएको संस्थाको पुरै जिम्मा मैले लिन्छु, मेरो व्यक्तिगत सम्पती बिक्री गरेर भएपनि बचत कर्ताले आफ्नो रकम पाउनुहुन्छ ।”
जनताले सहकारीमा विश्वास गरेर राखेको रकम केही सहकारी डुबेको हवला दिदै सबैले फिर्ता माग्न आउदा समस्या भएको नेपालीको भनाई छ । “सबै बचत कर्ता एकै पटक लाइन बस्दा त दिन सकिदैन, उहाँहरुको रकम लगानीमा छ, लगानी नउठ्दै उहाँहरुलाई आवश्यक हो भने संस्थाको चल–अचल सम्पती र नपुगे मेरो व्यक्तिगत सम्पती बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्छु” नेपालीले भने“सहकारी क्षेत्रलाई धरासायी बनाउन गिरोह लागेको छ, हाल सम्म खुद नाफा कमाउदै आएको सहकारी कसरी डुब्छ, बचतकर्ताले धैर्य गर्न आवश्यक छ, सबैको बचत फिर्ता हुन्छ ।
सदस्यहरुको बचत लगानीमा छ, ढुक्क हुनु फिर्ता गर्छु : देवकुमार नेपाली
बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द गरेको छ ।

