काठमाडौं । कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ।
बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो।
'चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो,' उनले भने, उपचारका क्रममा उनको मृत्यु भएको हो ।'
मृतक आचार्य भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन्। आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको उनले बताए।
कपनमा चक्कु प्रहार गरी बडिगाडकी निरा आचार्यको हत्या
बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।