फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु

फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो ।

फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु
पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो । फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको उनले बताए । पोखरा महानगरपालिकाले पुस अन्तिममा नयाँ विमानस्थल सञ्चालनमा आउनुअघि सेती नदीको किनार लामेआहालमा अस्थायी ल्याडफिल साइट बनाएको थियो । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्माले गर्दै आएका थिए । चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो ।