निहारिका राजपूत अचेत अवस्थामा भेटिन्

गत माघ २७ गते शिवराजसँग बिहे गरेकी उनी बिहीबार दिउँसो जनकपुर उपमहानगरपालिका ४ स्थित डेरामा अचेत भेटिएको प्रहरीेले जनाएको छ ।

निहारिका राजपूत अचेत अवस्थामा भेटिन्
काठमाडौं । शिवराज श्रेष्ठसँग बिहे गरेकी निहारिका राजपूत भन्ने सोनाली कुमारी सिंह कोठामै अचेत भेटिएकी छन्। गत माघ २७ गते शिवराजसँग बिहे गरेकी उनी बिहीबार दिउँसो जनकपुर उपमहानगरपालिका ४ स्थित डेरामा अचेत भेटिएको प्रहरीेले जनाएको छ । 'उनी कोठामा अचेत भेटिएकी हुन् । अहिले प्रहरी टोलीले उद्दार गरेर प्रादेशिक अस्पतालमा जनकपुर भर्ना गरिएकाे छ,' धनुषाका डीएसपी बेदप्रसाद गौतमले भने, 'उपचार जारी रहेकाले सोधपुछ गर्न बाँकी छ ।' गौतमका अनुसार उनले विष पिएको आशंका गरिएको छ। तर यसको पुष्टि हुन बाँकी छ। उनले विष पिएको आशंका गरिए पनि यसको पुष्टि भइनसकेको गौतमले बताएका छन्। उनी लामो समयदेखि शिवराज श्रेष्ठसँग मुद्दा लड्दै आएकी थिइन्। तर केही महिनाअघि उनैसँग बिहे गरिन्। लामो कानुनी लडाइँ र विवादपछि निहारिका र शिवराजले माघमा जानकी मन्दिरमा विवाह गरेका थिए। तर बिहेलगत्तै शिवराजसँग निहारिकाको खटपट सुरु भएको थियो। तर शिवराजसँग फेरि खटपट सुरु भएपछि उनी बच्चा लिएर जनकपुरस्थित डेरामा एक्लै बस्न थालेकी थिइन्।