सिरहा । मिर्चैया नगरपालिकाले घर भत्काइएको विरोधमा स्थानीयले आन्दोलन गर्दा प्रहरीले गोली चलाएको छ । आन्दोलनको क्रममा झडप हुँदा ५ प्रहरी र दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।
बिहीबार स्थानीयबासीले प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । आन्दोलनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेका थिए । मेयर यादव कार्यालय बाहिर नआएपछि आन्दोलनकारीहरुले ढुगांमुढा गरेका थिए ।
त्यही भीडलाई नियन्त्रण गर्न प्रहरीले २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी गराए । आन्दोलनकारीको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।
तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी पाण्डेले जानकारी दिए । झडपका क्रममा पाँच प्रहरी घाइते भएको उनले जानकारी दिए । प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ ।
केहीदिन अघि नगरपालिकाले गाउँब्लक जग्गामा रहेको ३७ वटा घरहरु भत्काएको थियो । जसमा मेयर यादवले सरकारको नाउमा रहेको जग्गा खाली गराइएको दाबी गरेका थिए । तर, स्थानीयबासीले आफूहरू पुस्तौदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेको बताएका छन् ।
सिरहामा गोली चल्यो, प्रहरीसहित दर्जनौं घाइते