स्वर्णिमप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने– कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् ।

स्वर्णिमप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने– कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरुले नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए । कांग्रेस छाडेर रास्वपाबाट सांसद उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमासरह नै हो,महामन्त्री शर्माले भने । महामन्त्री शर्माले आमालाई एक दिन मात्र नभएर सधैँ सम्मान गर्नुपर्ने बताए ।