भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाच्चिँदा २ जनाको मृत्यु

जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको छ।

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाच्चिँदा २ जनाको मृत्यु
जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको छ। तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए। पुल भाच्चिँदा अन्य ४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ। डीएसपी रोकाले प्रहरी घटनास्थलतर्फ गइरहेको जानकारी दिए। मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन।