अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोही अनुरागको जीवितै उद्धार, मणिपाल अस्पतालमा उपचार हुँदै

अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् ।

अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोही अनुरागको जीवितै उद्धार, मणिपाल अस्पतालमा उपचार हुँदै
काठमाडौं । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । फेला पर्नेमा ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालु रहेका छन् । उनका भाइ सुधीरले जीवितै फेला पारेको बताए । ७ जना नेपाली उद्धारकर्ताले ३०० मिटर गहिरो खोंचमा उनलाई जिवितै फेला पारेको बताइएको छ । जीवितै फेला परेको नको स्वास्थ्य अबस्था गम्भीर रहेको बताइएको छ ।उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।