रास्वपाको अन्तिम चुनावी सभा आज, रविले भने-वारपारको भिडन्तबारे तिनै भाइले केही भन्छौं

वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ ।

रास्वपाको अन्तिम चुनावी सभा आज, रविले भने-वारपारको भिडन्तबारे तिनै भाइले केही भन्छौं
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ । भरतपुर नगरपालिका १० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेको हो ।रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले आज विशेष सभा गर्न लागेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ ।’ आज लामिछानेसहित तनहुँ १ का उम्मेवार स्वर्णिम वाग्ले र बारा २ का उम्मेदवार रमेश खरेल पनि उपस्थित हुनेछन् । आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।