भीमफेदी कारागारमा एक कैदीको मृत्यु

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

भीमफेदी कारागारमा एक कैदीको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् । मनहरी गाउँपालिका(६ लोथर स्थायी घर भएर हाल कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार एक्कासि बेहोस भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।