घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

घट्यो  सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।