काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विद्युतीय गाडी आयत गर्दा ६ अर्ब ८० करोड रुपैयाँ पैसा बाहिरिएको छ।
भन्सार विभागको बुधबार सार्वजनिक गरेको तथांकले २ हजार ४५१ युनिट विद्युतीय कार, जीप र भ्यान आयत हुँदा ६ अर्ब ८८० करोड पैसा बाहिरिएको जनाएको छ ।
विभागको तथ्यांक अनुसार, यसबाट सरकारले जम्मा १ अर्ब ९३ करोड राजश्व उठाएको छ । यो महिना मात्र २५३ युनिट विद्युतीय कार, जीप र भ्यान आयत भएका छन् ।
यो अवधिमा सबैभन्दा धेरै भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको १७५५ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी आयात हुन्छ ।
पछिल्लो समय महिन्द्राले पनि भारतबाट विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ ।
यसैगरी, चीनबाट १ अर्ब ८ करोड ५१ लाख बराबरको ४२९ युनिट विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको छ । जसमा नेटा भी, बीवाइडी, एमजी लगायत अन्य ब्रान्डहरु चीनबाट आयात हुन्छन्। यस्तै टेस्लाको गाडी पनि पछिल्लो समय चीनबाटै आयात गर्न थालिएको छ।
तथ्यांक अनुसार कोरियाबाट यो अवधिमा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँको २६० युनिट विद्युतीय गाडी आयात भएका छन् । जसमा हुन्डाईको आयोनिक ५, कोना इभीहरु नेपालमा बिक्री हुँदै आएका छन्।
यसैगरी, इन्डोनेसियाबाट ६४ लाख रुपैयाको ३ युनिट, अमेरिकाबाट २ करोड २७ लाख बराबरको ४ वटा विद्युतीय गाडी आयात भएका छन्।
सो अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। विभागका अनुसार यो अवधिमा नेपालमा ६ अर्ब ५२ करोड बराबरको २३ सय ७९ युनिट १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात भएको छ।
त्यसैगरी, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको २७ करोड १२ लाख बराबरको ६५ युनिट र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ४ करोड ६५ लाख बराबरको ७ युनिट विद्युतीय जीप, कार र भ्यान आयात भएको छ।
विद्युतीय गाडी खरिदमा ६ अर्ब ८० करोड बाहिरियो
भन्सार विभागको बुधबार सार्वजनिक गरेको तथांकले २ हजार ४५१ युनिट विद्युतीय कार, जीप र भ्यान आयत हुँदा ६ अर्ब ८८० करोड पैसा बाहिरिएको जनाएको छ ।

