रुपन्देहीमा गोली चल्यो

एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

रुपन्देहीमा गोली चल्यो
बुटवल । अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक युवा घाइते भएका छन् । बुधबार साँझ सियारी गाउँपालिका ३ का २० वर्षीय वीरेन्द्र केवटलाई अज्ञात समूहले गोली हानेका हुन् । एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए । केवटको खुट्टामा गोली लागेको छ । उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घाइतेको अवस्था सामान्य छ । घटनामा संलग्नको खोजी र घटनाअनुसन्धान जारी रहेको डीएसपी अर्यालले जनाए ।