काठमाडौं । मौसम महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।
वर्षाको सम्भावना कहाँ-कहाँ छ ?
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ।