काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका एक नेपालीको क्षणभरमै भाग्य चम्किएको छ ।
पदम नाम गरेका नेपाली चालकले यूएईको महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका हुन्। २ करोड दिर्हामको बुधबारको विनिमय दरअनुसार नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ।
उनको चिठ्ठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४९ मिलेको थियो। उक्त ड्रको नयाँ संरचनाअनुसार सन् २०२३ मा विशाल राशिको पुरस्कार जित्ने उनी पहिलो व्यक्ति भएको खालिजटाइम्सले जनाएको छ।
पदमले हरेक महिना ५७०० दिर्हाम आम्दानी गर्दै आएका छन्। काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन्।
‘म दृष्टिविहीन र वृद्धावस्थाका मानिसहरुलाई सकेको सहयोग गर्छु, अब म ठूलै रकम सहयोग गर्न सक्ने भएको छु’, पदमले भनेका छन्।
उनी २३ वर्षदेखि यूएईमा बसिरहेका छन्। त्यहाँ उनलाई ड्राइभरको रुपमा एउटा कम्पनीले लिएको थियो जहाँ उनी अहिले पनि काम गरिरहेका छन्।
युएईमा रहेका एक नेपालीले जिते ७१ करोडको चिठ्ठा
पदम नाम गरेका नेपाली चालकले यूएईको महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका हुन्। २ करोड दिर्हामको बुधबारको विनिमय दरअनुसार नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ।