यी ७४ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्चको विवरण

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ । निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा सदस्य…

यी ७४ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्चको विवरण
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ । निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारको नामसमेत आयोगले सार्वजनिक गरेको छ ।