खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

उनका अनुसार आइतबार काठमाडौंबाट बुद्ध, यती, श्री, सौर्य, समिट, सीता, तारा लगायत वायुसेवा कम्पनीको कुल ११५ वटा उडान तालिका रहेको छ।

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित
काठमाडौं । खराब मौसमका कारण आइतबार आन्तरिक तर्फको हवाई उडान प्रभावित भएको छ। बिहानैदेखि भिजिबिलिटी कम भएका कारण पोखरा, भरतपुर र सिमरा तर्फको उडान हुन नसकेको आन्तरिक विमानस्थल कार्यालयले जनाएको छ। ‘भिजिबिलिटी कम भएका कारण यी ३ गन्तव्य तर्फको उडान प्रभावित भएको हो। बाँकी गन्तव्यहरुमा भने नियमित उडान भइरहेको छ,’ विमानस्थलका कार्यालयका एक कर्मचारीले भने। उनका अनुसार आइतबार काठमाडौंबाट बुद्ध, यती, श्री, सौर्य, समिट, सीता, तारा लगायत वायुसेवा कम्पनीको कुल ११५ वटा उडान तालिका रहेको छ।