काठमाडौं । काठमाडौं महानगरपालिको निर्देशनमा विगत ८ दिनदेखि मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।आफ्नो काममा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानरपालिकाका प्रमुख बालेन साहको निर्देशनमा सिंहदरबारको फोहोर उठाउनमा रोक लागेको थियो ।
गत चैत २५ गते महानगर प्रमुख साहले फेसबुकमार्फत ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ भनेर स्ट्याटस लेखेका थिए ।
स्टाटस लेखेपछि उनले सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेलाई फोन गरेर फोहोर नउठाउन भनेका थिए । फोेहोर उठाएको खण्डमा आफूहरुले सिसडोलमा फोहोर बर्सिजन गर्न नदिने चेतावनी साहले दिएका थिए । त्यसपछि परिवर्तन सेवाले सिंहदरबारको फोहोर उठान सकेको छैन ।
गत शनिबारदेखि आजको दिनसम्म सिंहदरबार परिसरभित्रको फोहोर नउठाइएको फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव तथा परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेले जानकारी दिए ।
आठ दिनदेखि उक्त स्थानबाट फोहोर नउठ्दा अत्याधिक फोहोर थुप्रिनुका साथै दुर्गन्ध समेत फैलिएको उनको भनाई छ । ‘मेयरसापले त्यहाँको फोहोर नउठाउनु भनेर हामीलाई निर्देशन दिनुभएको दिनदेखि सिंहदरबारको फोहोर उठाइएको छैन’ उनी भन्छन् ‘यो अनिश्चितकालिन छ । महानगर र प्रधानमन्त्रीबीच दुई पक्षीय वार्ता नहुँदासम्म त्यहाँको फोटोर उठ्ने सम्भावना शून्य छ ।’
कहिलेसम्म फोहोर उठ्ने विषय आफुले पनि बताउन नसकिने उनको भनाई छ । त्यसका लागि महानगर र संघीय सरकारबीच दुई पक्षीय वार्ता भएर समस्याको समाधान भएपछि आफुले फोहोर उठाउन सक्ने बताए ।
सिंहदरबारभित्रको फोहोर कहिले उठ्छ ?
काठमाडौं महानगरपालिको निर्देशनमा विगत ८ दिनदेखि मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।

