गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ।

गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा जुटेन सहमति
काठमाडौं । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो। नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ। बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा पनि थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ को सहभागिता रहेको थियो।