काठमाडौं। नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद(डीपी) अर्याललाई भारत जान रोकेको छ। उपसभापति अर्याललाई राष्ट्रिय परिचयपत्र अमान्य भएको भन्दै त्रिभुवन विमानस्थलका कर्मचारीहरुले भारत जानबाट रोकेका हुन्।
अर्याल हवाईमार्गबाट भारतको बेङ्गलोर जानलाई त्रिभुवन विमास्थल पुगेका थिए। उनले त्यहाँ जानलाई देखाएको राष्ट्रिय परिचयपत्र विमानस्थलका कर्मचारीहरुले अमान्य भएको भन्दै रोक लगाएको जनाएका छन्। तर, निगमले भारत जानलाई नागरिकता नै अनिवार्य भएको जनाएको छ।
विमानस्थलमा भारत जानबाट रोकिए रास्वपा उपसभापति अर्याल
नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद(डीपी) अर्याललाई भारत जान रोकेको छ।

