गुल्मी । गुल्मीमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगोमा जलेका उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएका छन्।
खरबारीमा लागेको आगोमा परेर बृद्धको मृत्यु
घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

