काठमाडौैं । तिहार नजिकिएसँगै नाकढुंगा भकमक्क देखिन थालेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ ले नागढुङ्गामा बत्ती जडान गरेपछि झकमक्क देखिन थालेकाे हो । नाकाको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकार र नेपाल प्रहरीले बत्ती जडान गरेको हो ।
यात्रुहरूलाई सहज होस भनी चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङको सहयोगमा बत्ती जडान गरिएको वृत्त थानकोटका प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । तामाङ (नेकपा) माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । पछिल्लो समय तामाङको काममा समाजसेवी तथा माओवादीका युवा नेता विनोद भट्टले सहयोग गर्दै आएका छन् ।
नागढुङ्गामा बत्तीको व्यवस्था भएपछि शहर उज्यालो तथा साँझ झकिझकाउँ देखिएको प्रभाग नागढुङ्गाका इन्स्पेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।
बत्ती जडानपछि अपराधिक क्रियाकलाप रोक्न राखिएका सीसीक्यामेराहरुबाट पनि निगरानी राख्न सहज भएको सापकोटाको भनाइ छ ।नागढुङ्गा नाका काठमाडौं उपत्यका छिर्ने मुख्य नाका हो । उक्त नाकाबाट दिनहुँ लाखौंको सङ्ख्यामा उपत्यकामा मानिससँगै सवारी साधनहरू प्रवेश गर्छन्।
यसअघि नाकामा प्रहरीले रातीको समयमा अँध्यारोमा नै चेकिङ गर्दै आएको थियो । तर, बत्ती जडान भएसँगै अब प्रहरीले उज्यालोमा चेकिङ गर्नेछन् ।
झकमक्क नागढुंगा
काठमाडौैं । तिहार नजिकिएसँगै नाकढुंगा भकमक्क देखिन थालेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ ले नागढुङ्गामा बत्ती जडान गरेपछि झकमक्क देखिन थालेकाे हो । नाकाको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकार र नेपाल प्रहरीले बत्ती जडान गरेको हो । यात्रुहरूलाई सहज होस भनी चन्द्रागिरी–२ क…

