काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले भावुक बन्दै सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।
शरीर जलेर गत फागुनदेखि भारतको मुम्बईस्थित नेशलन बर्नस् सेन्टरमा उपचाररत डा.भण्डारीले पहिलो पटक सामाजिक संजालमा भिडियो सन्देशसहित नयाँ वर्षको शुभकामना दिएका हुन् ।
शुभकामनाका क्रममा उनले आफू छिट्टै नै नेपाल आएर नेपालमै थप उपचार गर्ने बताएका छन् । उनले आफू स्वास्थ्यका कारणले गर्दा नेपालमा रहन नसकेको भन्दै स्वास्थ्यमा सुधार भइरहेकाले छिट्टै नेपाल आउने बताएका हुन् ।
उनले सम्बोधनका क्रममा भनेका छन्, ‘आदरणीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरु १ आज हामी स्वदेशमा वा विदेशमा बस्ने नेपालीहरु विक्रम सम्वत् २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख, शान्ति समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’
डा। भण्डारीले अगाडि भने, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै नै म तपाईहरुसित उपस्थित भएर त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु । र यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद । जय नेपाल ।’
डा। भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । उनको स्वास्थ्यमा दिनानुदिन सुधार भइरहेको छ ।
भावुक बन्दै चन्द्र भण्डारीले दिए शुभकामना !
नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले भावुक बन्दै सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

