जनकपुर । आजदेखि जनकपुर जयनगर रेल सेवा दिनको चारपटक सञ्चालन हुने भएको छ। यसअघि दैनिक दुईपटक सञ्चालन हुँदै आएको रेल सेवालाई नयाँ वर्ष को अवसरमा विस्तार गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
अब जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म दुई पटक र जयनगरदेखि जनकपुरसम्म दुई पटक गरी दैनिक चारपटक रेल आवतजावत हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
जनकपुरबाट बिहान ७:१५ बजे र बेलुकी २:४५ बजे जयनगरका लागि रेल छुट्नेछ। जयनगरबाट भने बिहान ९:३० बजे र बेलुकी ५ बजे जनकपुरका लागि रेल प्रस्थान गर्ने महाप्रबन्धक झाले बताए।
यसअघि दिनको एकरएक पटक जनकपुरबाट जयनगर र जयनगरबाट जनकपुरका लागि रेल आवतजावत गर्ने गरेको थियो।
जनकपुर जयनगर रेल सेवा अब दिनको चार पटक
आजदेखि जनकपुर जयनगर रेल सेवा दिनको चारपटक सञ्चालन हुने भएको छ।

