सभामुखले बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित

सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ।

सभामुखले बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित
काठमाडौँ । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ। दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो। सभामुख घिमिरेले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनसहितमा सहमति जुटाउन संवाद गरिरहेका छन्। यसअघि सभामुखको पहलमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई लिएर दलहरूबीच छलफल भएको थियो। सभामुखले यसअघि चैत २५ गते सिंहदरबार र चैत २८ गते सरकारी निवास बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेका थिए।