काठमाडौँ। कारोबारको अन्तिम दिन शेयरबजारमा दोहारो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक अर्बमाथिको कारोबार भएको छ । बुधबार नेप्से सूचक करिब सय अंकले बढ्न पुगेसँगै आज लगानीकर्ताहरुले नाफा बुक गर्दा शेयरबजारमा एक अर्ब ६५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज विकास बैंक उपसूचक २.४८ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसूचक २.३३ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घट्यो नेप्से
कारोबारको अन्तिम दिन शेयरबजारमा दोहारो अंकको गिरावट आएको छ ।

