थपिए १०६ जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

थपिए १०६ जना कोरोना संक्रमित
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६४ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४२ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। हाल देशभर ४३५ जना कोरोनाका सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हाल २७ जना संक्रमित संस्थागत आइसोलेसनमा, आइसीयुमा १२ जना र भेन्टिलेटरमामा ३ जना उपचाररत् छन्।