काठमाडौं महानगर र सरकार दुवै सच्चिनुपर्छ : शेखर कोइराला

सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिंहदरबार परिसरको फोहोर उठाउन संघ र स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगर र सरकार दुवै सच्चिनुपर्छ : शेखर कोइराला
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिंहदरबार परिसरको फोहोर उठाउन संघ र स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको उनले उल्लेख गरेका छन् । उनले दुवै निकाय सञ्चिनुपर्ने धारणा राखेका छन् । “कामपाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ,” नेता कोइरालाले लेखेका छन्, “अर्कोतर्फ, सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुवै सच्चिनुपर्छ ।”