काठमाडौं । सिंहदरबारले महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका काडमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार नै अन्यत्र सार्न चुनौती दिएका छन् ।
आफ्नो फेसबुक पोस्टमार्फत् उनले काठमाडौंको हितमा काम गर्न अथवा सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका हुन् ।
“कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्,” उनले लेखेका छन्, “हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस्, कि राजधानी सार्नुहोस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनिति होइन ।”
सिंहदरबाले आफूलाई सहयोग नगरेको भन्दै बालेनकै निर्देशनमा सिंहदरबारमा चार दिनयता फोहोर उठ्न सकेको छैन ।
सिंहदरबार सार्न मेयर बालेनको चुनौती, भन्छन्– हामीलाई सभ्यता चाहिन्छ, राजनीति होइन
सिंहदरबारले महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका काडमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार नै अन्यत्र सार्न चुनौती दिएका छन् ।

