प्रचण्ड सरकारमा कांग्रेसका शेखर समुहलाई तीन मन्त्री र एक राज्यमन्त्री

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समुहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

प्रचण्ड सरकारमा कांग्रेसका शेखर समुहलाई तीन मन्त्री र एक राज्यमन्त्री
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समुहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समुहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समुहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्ड सरकारले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।