उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना स्थगित भएको छ । मतपत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि १२ सय मत गनिसक्दा मतगणना स्थगित भएको हो ।
१२ सय मत गन्दा रामचन्द्र संघईले ४ सय ५२ मत पाएका छन् । उनलाई पछ्याइरहेका अञ्जन श्रेष्ठले ४ सय १७ मत ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३ सय १७ मत प्राप्त गरेका छन् ।
अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ । एसोसिएटतर्फ गणना सकिएपछि जिल्ला नगर र वस्तुगततर्फको गणना सुरु हुनेछ ।
एसोसियटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनीसंघाई प्यानलबाट ८४६ मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
उद्योग वाणिज्य महासंघ निर्वाचन : मतपत्रमा विवाद आएपछि गणना रोकियो
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना स्थगित भएको छ ।

