विनोद देवकोटा, बागलुङ - जिल्लाको एक सामुदायिक विद्यालयमा स्थानीय एक नेताकी श्रीमतीलाई राहत शिक्षक नियुक्ति गर्न चलखेल भइरहेको खुलेको छ ।
बडिगाड गाउँपालिका-७ को खड्गजयन्ती माध्यमिक विद्यालयमा नेताकी श्रीमतीलाई राहत शिक्षकमा नियुक्ति गर्न सेटिङ भइरहेको खुलेको हो ।
जसका लागि विद्यालयमा पढाइरहेकी शिक्षिका धनमाया थापालाई दबाबमा राजीनामा दिन लगाइएको खुलेको छ ।
थापाले शिक्षक सेवा आयोगअन्तर्गत स्थायी शिक्षकमा नाम निकालेकी छन् । स्थायी शिक्षकमा नाम निकालेकी थापाले पदस्थापनपछि मात्रै राजीनामा दिनुपर्नेमा उनलाई नाम निस्किएलगत्तै १५ दिन अगाडि नै राजीनामा गराइएको छ ।
आयोगमा नाम निस्किएका अन्य शिक्षकहरूले पदस्थापना भएपछि स्थान खाली भए पनि उनले भने नेताहरूको दबाबमा १५ दिनअगावै राजीनामा दिएकी हुन्।
स्थानीय एक कांग्रेस नेताको श्रीमतीलाई उक्त राहत पदमा भर्ना गर्न चलखेल भएको स्थानीयको आरोप छ ।
अभिभावकहरूले स्वस्थ प्रतिस्पर्धागरी योग्य दक्ष शिक्षक राख्नुपर्ने भन्दै आवाज उठाए पनि प्रधानाध्यापक र नेताको मिलेमतोमा शिक्षिकालाई १४ गते नै राजीनामा गराइ भर्ना प्रक्रिया अगाडि बढाइएको श्रोतले बतायो ।
शिक्षक नियुक्ति गर्न आवेदन खुलाइए पनि नेताको श्रीमतीलाई जागिर खुवाउन चहलखेल भइरहेको स्रोतको दाबी छ ।
आवेदन खुलाएलगत्तै प्रधानाध्यापक बासुदेव अर्याल र काङ्ग्रेस नेताहरू लगातार बैठक र छलफल गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार नेताको श्रीमतीलाई जागिर खुवाउन सेटिङ्ग गरेको आरोपपछि आवेदन पनि कम परेको छ ।
शिक्षिकाले पदस्थापना गरेपछि नियुक्ति प्रक्रिया अगाडि बढाउँदासम्म आयोगले करार सूची प्रकाशन गर्ने र नेताको श्रीमतीलाई जागिर लगाउन नसकिने भएपछि राजीनामा गराएरै प्रक्रिया अगाडि बढाइएको श्रोतको दाबी छ।
शिक्षिकाले चैत्र १४ गते राजीनामा गरे पनि उनको पदस्थापन भने २९ गते मात्रै भएको छ।
खड्गजयन्ती माविमा सेटिङ : नेताको श्रीमतीलाई राहत शिक्षकमा नियुक्त गर्न यस्तो चलखेल !
जसका लागि विद्यालयमा पढाइरहेकी शिक्षिका धनमाया थापालाई दबाब र प्रभावमा जबरजस्ती राजीनामा दिन लगाइएको खुलेको छ ।

