बत्तीमा समस्या आएपछि काठमाडौं फर्कियो सिमरा उडेको बुद्ध एयरको जहाज

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज केहीबेरमै फर्किएको छ।

बत्तीमा समस्या आएपछि काठमाडौं फर्कियो सिमरा उडेको बुद्ध एयरको जहाज
काठमाडौँ । काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज केहीबेरमै फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाज फर्किएको यात्रु सुरजकुमार दाहालले जानकारी दिए। एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौंबाट उडेको थियो। तर समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको दाहालले बताए। त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यका अनुसार बत्तीमा समस्या आएपछि फर्किएको थियो। तर अहिले समस्याको समाधान भइसकेको उनले बताए। ‘बत्तीको समस्या भएपछि फर्किएको थियो। अहिले समाधान भएर उड्न तयार छ,’ उनले भने।