काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विधेयकमा छलफल सकेर सञ्चार तथा सूचना प्रविधिन्त्रीले जवाफ दिएपछि नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गणपूरक संख्यको प्रश्न उठाएका थिए ।
तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा संसद्को एक चौथाइ सदस्य अर्थात ६९ हुनुपर्नेमा ६१ मात्र सांसद भेटिएपछि बैठक आगामी वैशाख ३ गते आइतबार बस्नेगरी स्थगित गरिएको छ ।
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।

