काठमाडौँ । सांसद डा. तोसिमा कार्कीले निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले ले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन् । ‘देशव्यापी रुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ’, उनले भनिन् ।
कार्कीले ललितलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाएकी छन् । ‘नक्शापास र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिइ १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट बनाइरहँदा वरपरका घर चर्किने भासिने भएका छन् । स्थानीयले पटक९पटक उजुरी दिए पनि काम रोकिएको छैन’, उनले भनिन् ।
संसद्को अघिल्लो बैठकमा समेत यो कुरा उठेको भए पनि कारवाहीको लागि वैधानिक प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठन गरियोस् : तोसिमा कार्की
सांसद डा. तोसिमा कार्कीले निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरेकी छन् ।

