दिउँसो १ बजे संसद बैठक बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

दिउँसो १ बजे संसद बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै कांग्रेस नेता जेतमान तुम्बाहाम्फेको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ ।